समसामयिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

१) "वाटर एन जेन्डर" नाराका साथ आज विश्व पानी दिवस मनाइएको छ ।

- सन् १९९२ को रियो सम्मेलनको घोषणापछि सन् १९९३ मार्च २२ देखि यो दिवस मनाउन थालिएको हो ।

- जलस्रोतमा विश्वको धनी मुलुक ब्राजिल हो भने नेपाल दोस्रो धनी देश हो ।

२) फोब्सद्वारा सन् २०२६ मार्चमा प्रकाशित विश्वका अर्बपतिहरूको सूची अनुसार पहिलो स्थानमा पर्न सफल धनाड्डे एलन मस्क हुन ।

- नवप्रवर्तन र प्रविधिको नेतृत्व गरिरहेका टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कको सम्पत्ति हाल ८३९ अर्ब डलर रहेको छ ।

- फोब्सका अनुसार हाल विश्वभर ३,४२८ जना अर्बपति रहेका छन् ।

- नेपालबाट सन् २०१३ यता फोब्सको सूचीमा लगातार प्रतिनिधित्व गर्दै आएका उद्योगी विनोद चौधरी २.१ अर्ब डलरका साथ १९८२ स्थानमा रहेका छन् ।

३) विश्व खुसी सूचकाङ्क प्रतिवेदन २०२६ अनुसार २०२५ मा नेपालको स्थान ९९ रहेको छ ।

- जस अनुसार विश्वको सबैभन्दा बढी खुसी हुने मुलुक फिनल्यान्ड रहेको छ ।

- हरेक वर्ष मार्च २० तारिखको दिन विश्व खुसी दिवस मनाइने गरिन्छ ।

४) राष्ट्रिय आर्थिक गणना २०८२ को गणना २०७३ वैशाख २ देखि असार ७ सम्म गरिने भएको छ ।

- राष्ट्रिय आर्थिक गणना २०८२ को नारा "अर्थतन्त्र मापनका लागि आर्थिक गणना" रहेको छ ।

५) सन् २०२६ मार्चमा प्रकाशित हेन्ली पासपोर्ट इन्डेक्स २०२६ अनुसार नेपाल ९६ औँ स्थानमा रहेको छ ।

- हेन्ली पासपोर्ट इन्डेक्स २०२६ का अनुसार पहिलो स्थानमा सिङ्गापुर र अन्तिम स्थानमा अफगानिस्तान रहेको छ ।

- यस प्रतिवेदनअनुसार नेपाली राहधानी वाहकहरूले हाल विश्वका ३५ वटा गन्तव्यमा 'अनअराइभल भिजा' प्राप्त गर्न सक्नेछन् ।

६) ९८ औँ ओष्कर अवार्ड २०२६ प्राप्त गर्न सफल उकृष्ट फिल्म 'वान ब्याटल आफ्टर अनदर' रहेको छ ।

- ९८ औँ ओस्कर अवार्डका लागि नेपालका तर्फबाट छनोट भएको चलचित्र अन्जिला रहेको छ भने ९७ औँ अवार्डका लागि छनोट भएको चलचित्र साम्बाला थियो ।

- ओस्कर अवार्ड विश्वको सर्वोत्कृष्ट चलचित्र सम्बन्धी विधामा प्रदान गरिन्छ ।

७) संयुक्त राष्ट्रसङ्घ महासभाद्वारा सन् २०२६ मार्च १० तारिखमा पारित भएको अन्तर्राष्ट्रिय आरोग्य दिवस (इन्टरनेसनल वेलनेस डे) अप्रिल १५ तारिख मनाइने भएको छ ।

- नेपालको मौलिक अभ्यासलाई कूटनीतिको सौम्य शक्तिको रुपमा अगाडि बढाउँदै नेपालले अघि सारेको अन्तर्राष्ट्रिय आरोग्यता दिवस संकल्प प्रस्तावलाई संयुक्त राष्ट्र संघको महासभाले पारित गरेसँगै विश्वभर अप्रिल १५ मा उक्त दिवस मनाइने भएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।