जेसिएले मनायो ४७औँ वार्षिकोत्सव एवं दीक्षान्त समारोह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखराको बुढिबजारमा अवस्थित जुनियर सिटिजन्स एकेडेमीले शनिबार एक समारोहका बिच ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एवं यूकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सकरात्मक सोचका अभिप्रेरक रवि किरण श्रेष्ठले मानिसमा भएको अन्तर्निहित क्षमतालाई बुझ्दै खुसी हुन सक्यो भने जीवन सहज तरिकाले अगाडि बढ्ने बताए । 'मानिसहरू अधिकांश समय अरुको देखासिकी र चियो चर्चोमा समय खेर फाल्ने गर्छन, अरुको चासो लिन छोडेर आफ्नो कर्ममा रमाउन सक्यो भने जीवनमा खुसी खोज्न कहिँ जानु पर्दैन।' श्रेष्ठ भन्छन् 'हामीले हरेक ठाउँमा गर्ने व्यवहारमा खुसी र सकारात्मक हुँदै अगाडि बढ्यौ भने जस्तोसुकै नकारात्मक कुराको परिणाम पनि सकारात्मक हुन्छ।'

कार्यक्रममा अन्य वक्ताहरूले दीक्षान्त समारोहमा बालबालिकाले देखाएको कला र प्रस्तुतिको प्रशंसा गर्दै दीक्षित विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरे ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aamsandesh1411@gmail.com मा पठाउनु होला । धन्यवाद ।